संसद् बैठक
‘मलको हाहाकार भयो, तालुकदार मन्त्रालय के हेरेर बसिरहेको छ ?’
बिहीबार, २९ साउन २०८२, १३ : ४०
सारांश
- एमाले सांसद भीम आचार्यले बजारमा मलको अभाव भएको बताए।
- उनले किसानहरूले मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
- आचार्यले मलको कालोबजारी भएको र समयमै व्यवस्थापन नभएको गुनासो गरे।
काठमाडौँ । एमाले सांसद भीम आचार्यले बजारमा मलको हाहाकार भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रका किसानले मल पाउन नसकेको भन्दै सरकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न गरे ।
‘मलको चरम अभाव र कालोबजारी छ । किसानले उपयुक्त च्यानलबाट पाएका छैनन्’, उनले भने, ‘किसानले अहिले युरिया हाल्ने बेलामा पाएका छैनन् । तालुक मन्त्रालयले के हेरेर बसेको छ ?’
उनले सरकारले समयमा मलको व्यवस्थापनका लागि नसोचेको भन्दै सभामुखमार्फत ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण