संसद् बैठक
गृहमन्त्रीले न्यायालय प्रभावित गर्न खोजेको रास्वपाको आरोप
बिहीबार, २९ साउन २०८२, १४ : ०४
सारांश
- रास्वपाले गृहमन्त्री रमेश लेखकले न्यायालय प्रभावित पारेको आरोप लगाएको छ।
- सांसद डा. चन्दा कार्कीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्तिलाई उद्धृत गरिन्।
- रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनमाथि सुनुवाइ हुँदा गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको आरोप छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकले न्यायालय प्रभावित पार्न भूमिका खेलेको आरोप लगाएको छ । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा.चन्दा कार्कीले भनिन, ‘मानव तस्करीको कुरा मात्र होइन, न्यायालयमा उहाँ (गृहमन्त्री रमेश लेखक)को हस्तक्षेपको बारेमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्की ज्युको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइनै सकेको छ ।’
गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको कार्कीको आरोप छ । ‘त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको सूचना र समाचारहरू छरपस्ट बाहिरिएका छन्’, सांसद कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण