फास्ट ट्र्याकमा सेना र विभागीय मन्त्रीकै दुईथरी भनाइ
सारांश
- काठमाडौं-तराई द्रुतमार्ग निर्माणबारे विभागीय मन्त्री र सेनाको धारणा फरक-फरक रहेको देखियो।
- मन्त्रीले ०८३ भित्र फास्ट ट्र्याक सम्पन्न हुनेमा शंका व्यक्त गरे भने सेनाले समयमै काम सक्ने प्रतिबद्धता जनायो।
- जमिनको स्वामित्व र कानुनी प्रक्रियाका कारण बाटो निर्माणमा अवरोध हुने मन्त्रीको भनाइ छ।
काठमाडौँ । काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को काम समयमै सक्नेबारे विभागीय मन्त्री र नेपाली सेनाको धारणा फरक फरक देखिएको छ।
बिहीबार सिंहदरबारमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति, समस्या र समाधानबारे छलफल हुँदै गर्दा रक्षा मन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलले अलग–अलग मूल्याङ्कन प्रस्तुत गरेका हुन्।
मन्त्री राईले ०८३ भित्रै फास्ट ट्र्याक सकिनेमा आशङ्का व्यक्त गर्दै भने, ‘०८३ सम्म बन्छ भन्ने विश्वास छैन, तर मेलम्चीको जस्तो लामो समय भने लाग्दैन।’ उनले नेपालमा जमिन निजी स्वामित्वमा भएको कारण बाटो निर्माणमा अवरोध हुने गरेको र जंगलसम्बन्धी कानुनी प्रक्रिया पनि चुनौतीपूर्ण रहेको बताए।
तर, प्रधानसेनापति सिग्देलले भने सेनाले ०८३ को चैत्रसम्म द्रुतमार्ग सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याए। उनले अहिलेसम्म करिब ४३ प्रतिशत काम सकिएको र बाँकी काम छिटो सम्पन्न हुने किसिमको भएको उल्लेख गर्दै, ‘हामी समयमै काम सक्छौँ, त्यसैअनुसार अघि बढिरहेका छौँ ।’
यसरी, एउटै बैठकमा फास्ट ट्र्याकको समय सीमा र सम्भाव्यताबारे विभागीय मन्त्री र कार्यान्वयन जिम्मेवारी पाएको सेनाबिच भिन्न धारणा सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण