कारागारलाई सुधार गृहको रूपमा रूपान्तरण गर्नुपर्नेमा साउदको जोड
सारांश
- एनपी साउदले नेपालका कारागारहरूमा क्षमताभन्दा बढी कैदी राख्दा जोखिम बढेको बताए।
- उनका अनुसार, नेपालका जेलहरूमा क्षमताभन्दा दोब्बर बढी कैदी राखिएको छ, जसमा स्वास्थ्य जोखिम बढेको छ।
- साउदले कारागार ऐन, नियमावली कार्यान्वयन र बन्दीहरूको सीप विकासमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले नेपालका कारागारहरूमा क्षमताभन्दा बढी कैदी राख्ने गर्दा जोखिम बढाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका साउदले नेपालमा ७५ वटा जेल सञ्चालनमा रहेको भन्दै उनले ती जेलहरूमा २८ हजार बढी कैदीहरू रहेको बताएका हुन् ।
‘जहाँ १८ हजार २८३ कैदी र १० हजार ४३५ जना थुनुवा रहेका छन्’, साउदले भने, ‘२८ हजार ७१८ जना राखिएका छन् ।’ त्यस्तै उनले त्यसबाहेक १४ सय २७ जना विदेशी नागरिकहरू पनि रहेको भन्दै ती मध्ये धेरैजसो जेलहरू क्षमताभन्दा बढी दोब्बर बढी कैदी राखेर सञ्चालन भइरहेको बताए ।
‘जसले भिडभाड, स्वास्थ्य जोखिम,हिंसात्मक घटना र मानवअधिकार उल्लङ्घनको समस्या निम्त्याएको छ’, साउदले भने, ‘२ हजार ७५ बन्दीलाई कारागार विभागले प्यारोलको समेत व्यवस्था गरेको छ । जसमध्ये ५६४ कैद भुक्तान गरेका छन् ।’
कारागार विभागको पुँजीगत बजेट ६३ करोड ४२ करोड मात्र खर्च भएको साउदको भनाइ छ ।
उनले कारागार ऐन, नियमावली, कार्यविधिको कार्यान्वयन गर्नुपर्ने पनि बताए । उनले कारागारलाई सुधार गृहको रूपमा रूपान्तरण गर्ने तथा बन्दीहरूको सीप र क्षमतालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए । नेपाल सरकारले कारागारलाई सुधार गर्ने प्रयास गरे पनि पर्याप्त नभएको साउदको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण