सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटिबाटै
सारांश
- सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटिका कारण भएको सरकारी अध्ययनले देखाएको छ।
- दुर्घटना जाँचबुझ आयोगका अनुसार जहाज रनवेमा ठोक्किएर एयर डाइनेस्टीको कन्टेनरमा ठोक्किएको थियो, जसमा १८ जनाको मृत्यु भयो।
- दुर्घटनामा मौसमको भूमिका नदेखिएको र पाइलटको ड्युटी समय पनि सामान्य रहेको अध्ययनमा उल्लेख छ।
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटिबाटै भएको सरकारी अध्ययनबाट देखिएको छ । जहाज दुर्घटनापछि सरकारद्वारा गठित एक उच्च आयोगले गरेको अध्ययनले प्राविधिक रूपमा भन्दा पनि जहाज दुर्घटना मानवीय त्रुटिबाटै भएको निष्कर्ष निकालेको हो ।
सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशलाल सुमनले आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा यसबारे जानकारी दिँदै जहाज दुर्घटनाको कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर, सेफ्टी म्यानेज्डमेन्ड सिस्टमका बारेमा धेरै अध्ययन गरिएको बताए ।
उनकाअनुसार एयरपोर्टबाट जहाज उड्न थालेपछि ट्याक्सी वेबाट जहाज मेन रनवेतर्फबाट जहाज कोटेश्वरतर्फ उडेको देखिन्छ । त्यसपछि १८० डिग्री मोडिएर त्यहाँ इन्जिनलाई टेकअप गरेको देखिन्छ । त्यसपछि जहाज दुर्घटना भएको देखिन्छ । १९ जना यात्रुमध्ये १ जना क्याप्टेनमात्रै जीवित थिए । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्याप्टेनको अवस्था चिन्ताजनक रहेको थियो ।
घटना जाँचबुझ आयोगका अध्यक्ष सुमनले भने– ‘यो जहाज सुरुमा रनवेमा दाहिने पखेटा ठोक्किँदा त्यसपछि खसेर जाँदा एयर डाइनेस्टी हेली सर्भिसको कन्टेनरमा ठक्कर लागेको देखिन्छ । कन्टेनरमा ठक्कर लागिसकेपछि पल्टियो । त्यस बेलामा उसको ककपिट भाँचिएर खाल्डोमा झरेको देखिन्छ । त्यही ककपिटमा तीन जना पर्नुभयो । जसमा क्याप्टेन, कोपाइलट र इन्जिनियर हुनुहुन्थ्यो । त्यही कक्पिटबाट एक जना इन्जिनियर आफैँ जीवितै निस्कनुभएको थियो । त्यसपछि प्रहरीहरूले उहाँलाई बचाएर बाहिर ल्याउनुभएको थियो । त्यति बेला अरू दुई जना पनि जीवित हुनुहुन्थ्यो ।’
उनले थपे, ‘मैले भने उहाँहरूलाई पनि बचाउनुहोस् तर ढिला भयो उहाँहरू दुई जनालाई बचाउन सकिएन । रेस्क्यूतर्फ पनि हामीले धेरै खोतल्यौँ अध्ययनका क्रममा जसबाट धेरै कुरा पत्ता लाग्यो । जहाज दुर्घटना हुँदा एयर डाइनेस्टीको कन्टेनरसँगै एयरपोर्टको केही पूर्वाधारलाई क्षति गरेको थियो । जहाजमा क्याप्टेन ६ हजार ८५ घण्टा उड्नु भएको छ । ४ हजार ९ सय २२ घण्टा यही किसिमको जहाज उडाउनुभएको छ । मानवीय त्रुटिको कुरा गर्दा पाइलटको डियूटी टाइम हेरिएको थियो, जसमा ७ दिनमा ४ घण्टा ४० मिनेट उड्नुभएको देखिन्छ । पाइलट त्यस बेला धेरै उड्नु भएको थिएन भन्ने देखिन्छ । थकान धेरै थियो भन्ने त्यस्तो देखिन्न ।’
उनकाअनुसार दुर्घटनाग्रस्त जहाज क्यानडामा बनेको जहाज थियो । सन् २००३ मा निर्माण भएको उक्त जहाजमा दुई ओटा इन्जिनहरू थिए । यो जहाज दुर्घटना हुँदा मौसम एकदमै ठिक रहेको थियो । दुर्घटनामा मौसमको कुनै पनि भूमिका देखिँदैन । जहाजमा त्यस्तो खालको टेक्निकल खराबीहरू देखिँदैन ।
कुनै पनि सिस्टममा जहाज दुर्घटनाका क्रममा खराबी भएको नदेखिने जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगका अध्यक्ष सुमनका अनुसार जहाजमा चढेका धेरैजसो यात्रुले सिट बेल्ट नबाँधेको देखिन्छ । सिसिटिभि फुटेजहरू हेर्दा ४० सेकेन्डमै दमकल आगलागी भएको ठाउँमा पुगेको देखिन्छ । तर दुर्घटनाग्रस्त क्षेत्रमा खाल्डो भएका कारण दमकलले सडकका लागि पहुँच पाएन । नजिकको ककपिट भएको ठाउँमा गएर दमकले आगो निभाएको अध्ययनबाटै देखिन्छ । कम्फर्टेबल बाटो नभएका कारण रेसक्युमा ढिला भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण