बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली महिला फुटबल टिमका खेलाडीहरूलाई उत्प्रेरणा दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण

बिहीबार, २९ साउन २०८२, १५ : २१
बिहीबार, २९ साउन २०८२

सारांश

  • एमालेका प्रमुख सचेतक महेश बर्तौलाले महिला फुटबल टिमलाई उत्प्रेरणा दिन सरकारको ध्यानाकर्षण गराए।
  • फिफा वरियतामा नेपाली महिला फुटबल टोली १३ अङ्क माथि उक्लिएर ८७ औँ स्थानमा आएको कुरा उनले बताए।
  • उनले खेलाडीलाई उत्प्रेरणा दिन सरकारले उचित वातावरण बनाउनुपर्नेमा जोड दिए र सहकार्यको खाँचो औंल्याए।

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली महिला फुटबल टिमका खेलाडीहरूलाई उत्प्रेरणा दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै बर्तौलाले फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोली १३ अङ्क माथि उक्लिएर ८७ औँ स्थानमा आएको उल्लेख गरे । 

उनले भने, ‘सरकारले यदि उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरूलाई उत्प्रेरणा दिने स्थिति सिर्जना गर्ने हो भने नेपाली महिला फुटबल टोलीका खेलाडीहरूले राम्रो गर्न सक्छन् भन्ने देखिएको छ । यस कारण नेपाल सरकारले विशेष ध्यान जाओस् भन्ने माग गर्न चाहन्छु ।’ उनले खेल क्षेत्रको विकासका लागि सरोकारवाला सबै पक्षबिच आपसी सहकार्यको खाँचो रहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप