अबदेखि वडाध्यक्षको गाडीले बिरामीसँगै शव पनि बोक्ने
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले आफ्नो निजी गाडी वडावासीका लागि निःशुल्क एम्बुलेन्स र शववाहनको रूपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।
वडाको सेवा प्रवाह र विकास निर्माणबारे आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले एम्बुलेन्स अभाव भएको जनगुनासो आएपछि आफ्नै गाडी प्रयोग गर्ने घोषणा गरेका हुन् ।
‘मेरो एउटा सेतो हाइलक्स गाडी छ । मेरो कार्यकालभरि वडामा कोही बिरामी हुनुभयो वा कसैको निधन भयो भने मेरो गाडीलाई एम्बुलेन्स र शव वाहनको रूपमा प्रयोग गर्न सक्नुहुनेछ,’ उनले भने, ‘त्यो निःशुल्क हुन्छ । मलाई सम्पर्क गर्नुहोला,’ उक्त गाडीको चाबी वडावासीको सेवाका लागि सधैँ उपलब्ध रहने उनले सुनाए ।
कार्यक्रममा स्थानीयले विकास निर्माणका अपुरा कामदेखि दैनिक जीवनमा भोग्नुपरेका समस्याहरू राखे । अधुरा सडक, अव्यवस्थित बिजुलीका पोल, खानेपानी, सार्वजनिक जग्गा संरक्षण र सुरक्षाका विषयमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।
वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को सेवा प्रवाह र विकास निर्माणको विषयमा जानकारी गराउन कार्यक्रम आयोजना गरेको हो ।
खासगरी छाडा चौपाया र सामुदायिक कुकुरका कारण समस्या परेको उनीहरूको गुनासो छ । ‘घरमा महँगा कुकुर पालेका छन् । दिशा पिसावका लागि सार्वजनिक ठाउँमा लैजान्छन्,’ उनीहरूले भने, ‘वडाले त्यस्ता व्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्यो ।’
प्रश्नहरूको जवाफ दिँदै वडाध्यक्ष थापाले विकास निर्माणका कामहरूमा सबैको सहकार्य आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण