पौडी टोली रोमानिया जाने
बिहीबार, २९ साउन २०८२, २० : ०८
सारांश
- नेपालका दुई पुरुष पौडी खेलाडी विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिन रोमानिया जाँदै छन्।
- इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्, जसमा राष्ट्रिय कीर्तिमान पनि समावेश छ।
- टोलीलाई बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङले शुभकामना दिए।
काठमाडौँ । विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार रोमानियाको ओटोपेनी जाने भएको छ ।
अगस्ट १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र ५० मिटर ब्रेस्टस्ट्रोक तथा प्रारम्भले ५० र १ सय मिटर ब्याकस्ट्रोकमा खेल्ने छन् । १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा प्रारम्भको नाममा राष्ट्रिय कीर्तिमान छ ।
टिम अफिसियलमा रविन श्रेष्ठ र गीता सिवाकोटी छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले बिहीबार एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण