जनप्रतिनिधिको व्यावसायिक स्याउखेती
सारांश
- ताराखोला गाउँपालिकाका अध्यक्ष मनबहादुर रोकाले जुम्लाबाट स्याउको बिरुवा ल्याएर व्यावसायिक खेती सुरु गरेका छन्।
- उनको बगानमा रोयल रेड र इटालियन फुजी जातका स्याउ छन्, जहाँ हाल १४० बोटले फल दिइरहेका छन्।
- उनले स्याउ खेतीका लागि एक लाख ५० हजार लगानी गरेका छन्, र यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको छ।
बागलुङ । छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।
रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए । रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ”
स्याउखेतीका निम्ति उनले रु एक लाख ५० हजार लगानी गरेको बताए । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताछन्। ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उनले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण