‘मिस्टर नेपाल’का लागि ३० युवा छनौट
सारांश
- मिस्टर नेपाल २०२५ को उपाधिका लागि ३० जना युवाहरुले प्रतिस्पर्धा गर्ने भएका छन्।
- प्रतियोगितामा 'मिस्टर वर्ल्ड नेपाल', 'मिस्टर ग्लोबल नेपाल' र 'म्यान अफ द वर्ल्ड नेपाल' गरी तीन विजेता छानिनेछन्।
- विजेताले 'मिस्टर वर्ल्ड २०२५' वा 'मिस्टर ग्लोबल २०२५' मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन्।
काठमाडौँ । ‘मिस्टर नेपाल २०२५’को उपाधिका लागि ३० युवा भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले देशका इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगन्ज काठमाडौँ सहित डिजिटल अडिसनबाट फाइनल प्रतियोगीताका लागि ३० प्रतियोगी छानिएको जानकारी दिएको हो ।
छानिएका प्रतियोगीमा कृष्ण कसुधम नेपालगन्ज, इन्द्र ढुङ्गेल महेन्द्रनगर, रेजो नकुमार गौतम धनगढी, सन्देश गजुरेल नुवाकोट, निशान्त बुढायर कञ्चनपुर, कुशग्र गुप्ता नेपालगन्ज, सत्यम पाठक काठमाडौँ, निश्चल मानन्धर हेटौँडा, अजय रौनियार दुहबी सुनसरी, विजय स्याङ्तान मकवानपुर, अशिम बस्नेत, गिरीश रत्न शाक्य भद्रपुर झापा, प्रणिप श्रेष्ठ काठमाडौँ, अजय रिजाल धगढी, सक्रिया घिसिङ तामाङ काठमाडौँ, सन्दीप भारती काठमाडौँ, एञ्जल गिरी धरान, आशिष गिरी अमेरिका, अष्टिन शेरचन ललितपुर, दर्पण सिंह गिरी पोखरा, दिनेश गुरुङ स्याङ्जा, हिमाञ्चल राज केसी ललितपुर, निशान कार्की विराटनगर, सबल कटुवाल कटारी, उदयपुर, विशनजंग निरौला इटहरी, सुजल उपाध्याय भैरहवा, प्रकाश चौहान मोरङ, निशान्त केसी सुर्खेत, लक्ष्मणचन्द ठकुरी बैतडी र प्रभात थापा क्षेत्री नेपालगन्जका रहेका छन् ।
सबै प्रतियोगी अब फाइनलका लागि अन्तिम तयारी कक्षामा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण जुट्नेछन् । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
देशैभरि छरिएर रहेका युवा प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन् ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि प्रतियोगिता नियमित आयोजना हुँदै आएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । यो प्रतियोगिता पुरुषहरू सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित प्रतियोगिता हो । प्रतियोगिता विगतको भन्दा अझ भव्य हुने आयोजकको दाबी छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सोल्टी होटलमा १२ सेप्टेम्बरमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
-
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि 'प्रदेश बचत खाता’ सुरु
-
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण