को छन् ‘कोशेढुंगा’मा सुरक्षाको जोडी ?
सारांश
- सुरक्षा पन्त मुख्य भूमिकामा रहेको फिल्म 'कोशेढुंगा' भदौ १२ गते रिलिज हुने भएको छ।
- फिल्ममा मन्जिल कुमारले डेब्यु गर्दै सुरक्षाको अपोजिटमा अभिनय गर्नेछन्, जो चितवनका हुन्।
- 'कोशेढुंगा' नेपालसहित ४२ भन्दा बढी देशहरूमा एकैसाथ रिलिज हुनेछ।
काठमाडौँ । सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ महिला प्रधान फिल्म हो । फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । फिल्मको सार्वजनिक पोस्टर र गीतले पनि यसलाई प्रस्ट पारिसकेको छ । सुरक्षाको अपोजिटमा को कलाकार छन् भन्ने अहिलेसम्म खुलाइएको छ ।
निर्माण टिमले केही दिन अगाडि प्रेमिल गीत ‘भंगेरा भगेरी’ र अलिअघि ‘नत्र भने जिन्लगी व्यर्थ छ’ सार्वजनिक गरेको थियो । जुन गीत अहिले चर्चामा छ । यी दुवै गीतमा सुरक्षाको अपोजिटमा नयाँ अनुहार देख्न सकिन्छ । ति अनुहार को हुन् भन्ने दर्शकमा कौतुहलता छ ।
ति अनुहार मन्जिल कुमार रहेको निर्देशक सरोज पौडेलले बताए । पौडेलका अनुसार मन्जिल कुमार फिल्मका लागि नयाँ अनुहार हुन् । केही नाटकमा अभिनय गरेका उनले फिल्ममा गाउँले भूमिका निर्वाह गर्दै छन् । चितवनका मन्जिल कुमारले यसै फिलमबाट फिल्म अभिनयमा डेब्यु गरेका हुन् ।
‘अभिनयमा रुचि रहेको अवस्थामा मैले राम्रो कथा र टिम पाएँ, त्यसैले यो फिल्ममा जोडिए’, मन्जिल भन्छन्, ‘अब्बल र अनुभवी कलाकार र निर्देशकसँग काम गर्न पाएँ, यो मेरा लागि ठूलो मौका हो ।’ फिल्ममा आफूले दर्शकलाई नबिझाउने खालको अभिनय गरेको उनको दाबी छ ।
‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदै छ । स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायाङ्कन भएको फिल्म नरदेवी फिल्मसको प्रस्तुतिमा बनेको हो । फिल्ममा सुरक्षा र मन्जिलको अलवा आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदै छ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण
-
बाल सुधार गृहको अवस्था सुधार गर्न सांसद कर्णको माग
-
विश्वकप इतिहासमा यी हुन् उत्कृष्ट १० फाइनल
-
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण