६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
सारांश
- काठमाडौँ प्रहरीले कालोपुलबाट क्रिप्टो र हुन्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दुई भारतीय नागरिक र दुई नेपाली नागरिक छन्, जसमध्ये एक जना बाराका हुन्।
- प्रहरीले उनीहरूको साथबाट नगद र ६ करोडभन्दा बढीको क्रिप्टो कारोबार फेला पारेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–५ स्थित कालोपुलबाट क्रिप्टो र हुन्डी कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । दुई जना भारतीय नागरिक सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओम प्रकाश जयसवाल, महागढीमाई–५ घर भएका २५ वर्षीय मनमोहन कुमार सिंह, भारतीय नागरिकद्वय ३३ वर्षीय विक्रम जयसवाल र ३३ वर्षीय मुन्ना जयसवाल छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टर शत्रुधन महतोको नेतृत्वमा खटिएको प्रहरीले आरोपीहरूको साथबाट १५ लाख ३३ हजार नगद पनि बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरुले ६ करोड ६ लाख बराबरको क्रिप्टोको कारोबार गरेको भेटिएको एसपी बोहराले जानकारी दिए ।
आरोपीहरूले कालोपुलमा डेरा लिएर त्यहाँबाट हुन्डी र क्रिप्टो कारोबार गर्दै आएका थिए । उनीहरु विरुद्ध प्रहरीले हुन्डी र क्रिप्टो सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण