नेवाः गुठी न्यूयोर्कको 'ईही' समारोह सम्पन्न
न्यूयोर्क - नेवाः गुठी न्युयोर्कको आयोजनामा 'ईही' समारोह सम्पन्न भएको छ ।
गत जुन २४ तारिख हरेक बर्ष ईहि समारोह मनाउदै आएको गुठीले बिगत ४ बर्षदेखि निरन्तर रुपमा नेवा कला तथा संस्कृतिलाई निरन्तरता दिँदै आएको छ ।
यसको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले नेवा समुदायलाई आफ्नो नेवाः रीतीरीवाजका कर्म काण्डहरु आफ्नै संस्कार र परम्परा अनुसार सम्पन्न गर्न सजिलो र सरल होस् भनि ईही समारोह गरिएको हो ।
नेवा समुदायका पुरोहित तथा नेवा समुदायका सांस्कृतिक दूत बासव राजोपाध्यायद्वारा सामुहिक इहि बिगत बर्षमा झैं यसपाली पनि न्युयोर्क ज्याक्सन हाईट्सको शेर्पा किदुक भवनमा सामुहिक ईही सम्पन्न भयो ।
नेवाः भाषामा ई को अर्थ “समय” र ही को अर्थ “रगत” हो । ईही नेवा समुदायको छोरीहरुको रजस्वाला हुनुअघिको समयमै औसत छोरीको उमेर ५ देखि ११ बर्ष भित्र बेललाई साक्षी राखी गरिने वा गरिनु पर्ने छोरीको एउटा बिशेष पवित्र कर्म हो ।


यस कर्म पछि छोरीलाई शक्तिशाली महालक्ष्मीको अबतारको रुपमा सम्मान गरिन्छ । यो कर्म बिधि अनुसार सम्पन्न गरि सकेपछि नेवा समुदायका कन्या कहिल्यै पनि बिधवा हुँदैन भन्ने कुरा शास्त्रमा उल्लेख छ ।

कार्यक्रममा स्वयंसेवक तथा नेवा समुदायका सांस्कृतिक दूत बासव राजोपाध्यायलाई बिशेष योगदानको लागि कदर पत्र प्रदान गरिएको नेवा गुठी न्युयोर्कका महासचिव बिजय मान सिंहले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण