नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्ट्रोक सम्मेलन हुँदै
सारांश
- नेपालमा पहिलो पटक हिमालयन इन्टरनेशनल स्ट्रोक समिट आयोजना हुने भएको छ।
- सम्मेलनमा नेपालसहित ११ देशका विज्ञहरूले प्रस्तुति दिनेछन् ।
- पहिलो दिनको वैज्ञानिक सत्रमा २८ अन्तर्राष्ट्रिय र ३२ राष्ट्रिय विज्ञहरूले प्रस्तुति दिनेछन्।
काठमाडौँ । नेपालमा पहिलो पटक हिमालयन इन्टरनेशनल स्ट्रोक समिट आयोजना हुने भएको छ । नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा साउन ३१ गतेबाट सम्मेलनको आयोजना गर्न लागेको हो ।
भदौ १ गतेसम्म चल्ने सम्मेलनमा नेपालसहित ११ वटा देशका विज्ञहरूले प्रस्तुति दिने नेपाल पक्षघात सङ्घका अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा.राजु पौडेलले जानकारी दिए ।
पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरूले प्रस्तुति दिने डा.पौडेलले जानकारी दिए । ‘जसमा क्लिनिकल प्रगति, अनुसन्धान अद्यावधिक तथा नीतिगत दिशा–निर्देशनलगायतका कुराहरु समेटिनेछन्,’ उनले भने
यस्तै, एनआइएच स्ट्रोक स्केल (एनआइएचएसएस) स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापीका साथै मौखिक र पोस्टरको प्रस्तुतीकरण समेत हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण