सडक दुर्घटनामा पश्चिम बंगालमा १० जनाको मृत्यु, ३५ तीर्थयात्री घाइते
शुक्रबार, ३० साउन २०८२, १४ : २६
नयाँ दिल्ली । पश्चिम बंगालको पूर्व बर्धमान जिल्लामा भएको एउटा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यस घटनामा अरु ३५ जना घाइते भएको बताइएको छ ।
शुक्रबार बिहान तीर्थयात्रीहरू बोकेको एउटा निजी बस पूर्व बर्धमानबाट दुर्गापुर जाँदै गर्दा सडकमा रोकिएको ट्रकको पछाडि ठोक्किएको एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ ।
बस र ट्रकबीचको यो ठक्करमा १० जनाको घटनास्थलमै मृत्यु भएको भनिएको छ । घाइते सबैलाई बर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा परेका सबै तीर्थयात्रीहरू बिहारका बासिन्दा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण