राजनीति
नाउपा संसदीय दलका नेतामाथि रञ्जिताले गरिन् कारबाही
शुक्रबार, ३० साउन २०८२, १६ : ४७
सारांश
- नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संसदीय दलका नेता गंगाराम चौधरीबीच विवाद चर्किएको छ।
- अध्यक्ष श्रेष्ठले चौधरीलाई कारबाही गर्दै संसदलाई जानकारी गराएकी छिन्।
- चौधरीले महासचिवको ओहोदा नपाएको र पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोप छ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको विवाद थप बढ्न पुगेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेसँगै विवाद बढ्न पुगेको हो ।
रञ्जिताले शुक्रबार पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै चौधरीमाथि कारबाही गरेर संसद्लाई जानकारी गराएको उल्लेख गरेकी छन् ।
उनले पार्टीको संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले नपाएको महासचिवको ओहोदा उल्लेख गर्दै पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टीको हित विपरीत हुने गरी अवान्छनिय क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो नदिएपछि फेरि माग्दा जवाफ नै नदिएको पत्रमा उल्लेख छ ।
यस्तो छ रञ्जिताले संसद सचिवालयलाई पठाएको बोधार्थ पत्र-


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण