‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्रान्ड’ एक्स्पो आयोजना गरिँदै
काठमाडौँ । थाइल्याण्ड दूतावासले नेपालमा ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्रान्ड २०२५’ एक्स्पो गर्ने भएको छ ।शुक्रबार दूतावासले पत्रकार सम्मेलन गर्दै ललितपुरमा आगामी सन् २०२५ अगस्ट २९ देखि ३१ सम्म तीन–दिन एक्स्पो गर्न लागेको जनाएको छ ।
मेलाले नेपाल र थाइल्याण्डबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने र दुई देशका जनतालाई नजिक ल्याउने लक्ष्य राखेको थाई राजदूत सुवापोङ सिरिसोर्नले बताए ।
उनले दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि एक्स्पो गर्न लागिएको जानकारी दिए ।उनले नेपाल र थाइल्यान्डबिच पर्यटन, स्वास्थ्य, शिक्षा र व्यापारका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताए ।
राजदूत सुवापोङ सिरिसोनका अनुसार पर्यटन दुई देशलाई जोड्ने बलियो माध्यम हो। उनले भने,‘ थाइल्यान्डमा सुन्दर समुद्री तट, ऐतिहासिक स्थल र पहाडी क्षेत्रहरू छन् भने नेपालसँग विश्वकै सर्वोच्च शिखर सगरमाथा र मनमोहक हिमालय पर्वत शृङ्खला छ, जुन हामीसँग छैन। यही विविधताले दुवै देशका पर्यटकलाई एक–अर्काको मुलुकमा आकर्षित गर्न सकिन्छ।’
पछिल्लो समय साहसिक पर्यटनका लागि थाइल्यान्डका नागरिकहरू नेपाल आउने क्रम बढिरहेको उनले बताए । थाइल्यान्ड नेपालीहरूका लागि गुणस्तरीय स्वास्थ्य उपचारको गन्तव्य बन्न सक्ने बताउँदै उनले आयोजना हुन लागेको कार्यक्रममा थाइल्यान्डका प्रतिष्ठित अस्पतालहरूले पनि आफ्नो सहभागिता जनाउने जानकारी दिए ।
यसले नेपालीहरूलाई थाइल्यान्डमा उपलब्ध चिकित्सा सेवाबारे जानकारी लिन र छनोट गर्न सहज हुने उनको भनाई छ । शिक्षाको क्षेत्रमा पनि दुई देशबिच गहिरो सम्बन्ध रहेको उनको भनाइ थियो। राजदूत सुवापोङ सिरिसोनले भने,‘ थाइल्यान्डमा अध्ययन गर्ने दक्षिण एसियाली विद्यार्थीमध्ये नेपाली विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै छ। यो हाम्रो लागि खुसीको कुरा हो।’
राजदूत सुवापोङ सिरिसोनले यो कार्यक्रम पर्यटन, स्वास्थ्य र शिक्षामा मात्र केन्द्रित नभई व्यापार र लगानीका अवसरहरू सिर्जना गर्न पनि महत्त्वपूर्ण हुने बताए ।
उनका अनुसार, कार्यक्रममा २० भन्दा बढी थाई कम्पनीहरूले सहभागिता जनाउनेछन्। उनीहरूले नेपाली व्यवसायीसँग ‘बिजनेस म्याचिङ’ मार्फत व्यापारिक साझेदारी र लगानीका अवसरहरू खोज्नेछन् ।
कार्यक्रममा सहभागीहरूका लागि निःशुल्क थाई मसाज, हस्तकला कार्यशाला र थाइल्यान्डका विभिन्न क्षेत्रको संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि रहनेछन्।
साथै, परम्परागतदेखि आधुनिक थाई पोसाकको ‘फेसन शो’ पनि हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण