पुटिन भेट्न अलास्कातर्फ हानिए ट्रम्प, के भने ?
काठमाडाैँ । अलास्का भ्रमणका क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्भावित वार्ता र सम्बन्धबारे ताजा टिप्पणी गरेका छन्।
ट्रम्पले पुटिन ‘धेरै व्यापारीहरू’ सहित अमेरिका आउँदै गरेको बताए । उनले भने, ‘मलाई यो मन परेको छ, किनकि उनीहरू व्यापार गर्न चाहन्छन्। तर युद्ध समाप्त नभएसम्म हामी व्यापार गर्ने छैनौँ। युद्ध रोक्नुपर्छ, हत्या हिंसा रोक्नुपर्छ।’
ट्रम्पका अनुसार अमेरिका अहिले ‘विश्वको सबैभन्दा आकर्षक देश’ हो, जसको एक अंश पुटिनलाई पनि चाहिएको छ, किनकि रुस ‘आर्थिक रूपमा आकर्षक छैन।’ उनले पुटिनलाई ‘स्मार्ट व्यक्ति’ भन्दै ‘दुवै पक्षमा सम्मानको स्तर राम्रो’ भएको बताए।
युक्रेनमाथि जारी रुसी आक्रमणबारे ट्रम्पले पुटिनलाई यो ‘उनलाई राम्रो सम्झौता गर्न मद्दत गर्छ’ भन्ने लागे पनि तर वास्तवमा “यसले उल्टै उनलाई हानी पुर्याउँने’ जिकिर गरे ।
एक पत्रकारले भूभाग साटासाटबारे सोध्दा ट्रम्पले भने, ‘यसबारे छलफल हुनेछ, तर निर्णय युक्रेनले गर्नुपर्छ। म उनीहरूको पक्षमा वार्ता गर्न यहाँ आएको होइन।यदि म राष्ट्रपति नभएको भए पुटिनले सारा युक्रेन कब्जा गर्थे, तर अब त्यो हुने छैन।’
युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीबारे सोध्दा उनले ‘हुन सक्छ’ भन्दै तर नेटोको हिस्सा भएर होइन, बरु “युरोप र अन्य देशहरू” पनि समावेश हुन सक्ने बताए।
ट्रम्पलाई एक पत्रकारले सोधे– यदि पुटिनले युद्ध रोकेन भने के हुन्छरु ट्रम्पले जवाफ दिए, ‘आर्थिक रूपमा अत्यन्तै गम्भीर, हो। यो निकै गम्भीर हुनेछ।’
‘म यो आफ्नै स्वार्थको लागि गरिरहेको होइन,’ उनले भने, ‘मलाई यसको आवश्यकता छैन। म हाम्रो देशमा ध्यान दिन चाहन्छु, तर म धेरै ज्यान बचाउन यो गरिरहेको छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण