सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्लीमा छत खस्दा ५ जनाको मृत्यु, यमुनामा बाढीको खतरा

शुक्रबार, ३० साउन २०८२, २० : ०६
शुक्रबार, ३० साउन २०८२

काठमाडौँ । भारतको दिल्लीस्थित ऐतिहासिक हुमायूँको मकबरा परिसरभित्र एक कोठाको छत खस्दा पाँच जनाको मृत्यु भएको छ । दिल्ली प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये तीन महिला र दुई पुरुष रहेका छन् ।

ज्वाइन्ट सीपी सञ्जय जैनका अनुसार दुर्घटनापछि १० जनालाई उद्धार गरी एम्स ट्रमा सेन्टर र एलएनजेपी अस्पताल पठाइएको थियो। तीमध्ये एम्स ट्रमा सेन्टरमा उपचाररत ५ जनाको मृत्यु भएको हो। हाल उद्धार कार्य पूरा भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शी विशाल कुमारले भने, ‘म हुमायूँको मकबरा क्षेत्रमा काम गर्छु। अचानक ठूलो आवाज आएपछि मेरो सुपरभाइजर दौडिँदै आए। हामीले मानिस र प्रशासनलाई बोलायौं र बिस्तारै फसेका मानिसहरूलाई बाहिर निकाल्यौं ।’

यसैबिच, भारी वर्षाबिच दिल्लीमा यमुना नदीको जलस्तर २०४.६५ मिटर पुगेको छ, जुन चेतावनी स्तरभन्दा माथि हो। हथिनीकुण्ड बैराजबाट ४७,०२४ क्यूसेक र वजीराबादबाट ३५,१३० क्यूसेक पानी छोडिएको छ ।

खतरा स्तर २०५.३३ मिटर रहेको र प्रशासनले स्थिति माथि कडा निगरानी राख्दै सतर्कता बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप