ट्रम्प-पुटिन वार्ता
ट्रम्प–पुटिनबिच उच्चस्तरीय बैठक सुरु
शनिबार, ३१ साउन २०८२, ०१ : ३७
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा उच्चस्तरीय बैठक सुरु भएको छ।
- बैठकमा रुस-युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने र दुई नेताको पहिलो प्रत्यक्ष भेट भएको छ।
- ट्रम्पले रुसलाई युद्ध रोक्न चेतावनी दिएका थिए, र बैठकको नतिजाबारे विश्वको चासो बढेको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वरिष्ठ अधिकारीहरूको उच्चस्तरीय बैठक अलास्कामा सुरु भएको छ।
रुस–युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित यो बैठक विश्वका दृष्टिकोणबाट निकै महत्त्वपूर्ण बनेको छ। ट्रम्पको दोस्रो कार्यकालमा दुई नेताबिचको यो पहिलो प्रत्यक्ष भेट पनि हो।
बैठकमा ट्रम्पसँगै अमेरिकी विदेश मन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफ सहभागी छन् भने पुटिनसँग रुसी विदेश मन्त्री सर्गेई लाभ्रोव र सहायक युरी उशाकोव रहेका छन्।
यसअघि ट्रम्पले रुस–युक्रेन युद्ध रोक्नको लागि रुस तयार नभए रुसले ‘गम्भीर परिणाम’ भोग्नु पर्ने चेतावनी दिएका थिए। दुवै नेताबिचको वार्ताले के परिणाम ल्याउँछ भन्ने चासोको विषय बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण