ट्रम्प–पुटिन वार्ता : युद्धविराम घोषणा बिना नै टुङ्गियो
सारांश
- अलास्कामा ट्रम्प र पुटिनबीचको वार्ता बिना युद्धविराम टुंगियो, तर दुवै नेताले वार्तामा प्रगति भएको बताए।
- पुटिनले युक्रेन युद्ध अन्त्य गर्न चासो देखाए, तर यसका मूल कारणहरूमा जोड दिए भने ट्रम्पले केही बुँदामा सहमति हुन नसकेको बताए।
- दुवै नेताले छिट्टै फेरि भेट्ने संकेत गरे, पुटिनले मस्कोमा भेट्ने प्रस्ताव राखे।
अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा सम्पन्न वार्ता युद्धविराम घोषणाबिना नै टुंगिएको छ।
संयुक्त पत्रकार सम्मेलनपछि ट्रम्प एयर फोर्स वनमार्फत वासिङ्टन डिसी फर्किएका छन् भने पुटिन पनि मस्को तर्फ लागेका छन् ।
वार्तापछि पुटिनले युक्रेन युद्धलाई ‘दुःखद घटना’ भन्दै यसलाई अन्त्य गर्न आफू ‘गहिरो चासो राख्ने’ बताइए पनि, उनले युद्धका ‘मूल कारणहरू’ समाप्त गर्न आवश्यक रहेको दोहोर्याए। उनले युक्रेन र युरोपलाई वार्तामा ‘बाधा नपुर्याउन’ चेतावनी दिए।
पुटिनले यस भेटलाई ‘समाधानको सुरुवाती बिन्दु’ भन्दै, ट्रम्पसँगको सम्बन्धलाई ‘व्यावसायिक’ बताएका छन्। उनले ट्रम्पको ‘यदि २०२० को चुनावपछि उनी राष्ट्रपति रहन्थे भने युद्ध सुरु नै हुने थिएन’ भन्ने दाबीसँग सहमति जनाएका छन्।
ट्रम्पले भने वार्तामा ‘धेरै बुँदामा सहमति’ भए पनि ‘केही महत्त्वपूर्ण बुँदा’ अझै बाँकी रहेको बताएका छन्। उनले ‘सबैभन्दा महत्त्वपूर्ण’ एउटा विषयमा सहमति हुन नसकेको जनाए, पनि त्यसलाई खुलाएनन्।
ट्रम्पले वासिङ्टनबाट अलास्का जाने क्रममा पत्रकारहरूलाई युद्धविराम घोषणा गर्ने चाहना प्रस्ट पारेका थिए। तर, घोषणा नगरी मञ्च छोड्दा उनी सन्तुष्ट देखिएनन्।
ट्रम्प र पुटिन करिब १० मिनेटसम्म मञ्चमा सँगै उभिएर सम्बोधन गरेका थिए। दुवैले वार्तामा प्रगति भएको जनाए पनि ठोस सम्झौतामा पुग्न सकेनन्। ट्रम्पले चाँडै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने बताएका छन्।
वार्ताको अन्त्यमा ट्रम्पले पुटिनसँग ‘सायद छिट्टै फेरि भेट हुने’ बताए भने, पुटिनले जवाफमा भने, ‘अर्को भेट मस्कोमा’ हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण