प्रिमियर लिगको नियम तोड्दा एस्टन भिल्लालाई जरिवाना
सारांश
- एभर्टन भिल्लाले प्रिमियर लिगको नियम उल्लङ्घन गरेको स्वीकार गरेपछि १ लाख २५ हजार पाउन्ड जरिवाना तिरेको छ।
- क्लबका बल ब्वाईज र गर्ल्सले तोकिएको नियम मिचेर खेलाडीलाई सिधै बल दिएका थिए।
- भिल्लाले मल्टी-बल प्रणालीको दुरुपयोग गरेको र घरेलु मैदानमा प्रतिस्पर्धात्मक फाइदा लिन खोजेको आरोप छ।
लण्डन । एस्टन भिल्लाले गत सिजन पाँच खेलमा प्रिमियर लिगको बलसम्बन्धी नियम उल्लङ्घन गरेको स्वीकार गरेपछि क्लबलाई १ लाख २५ हजार पाउन्ड जरिवाना तिराइएको छ।
प्रिमियर लिगको प्रतिवेदनअनुसार, खेलका विभिन्न क्षणमा बल–ब्वाइज तथा बल–गर्लहरूले तोकिएको नियमअनुसार कोनबाट बल लिन दिने साटो भिल्लाका खेलाडीलाई सिधै बल दिएका थिए।
केही खेलहरूमा भिल्लाका खेलाडीले कर्नर लिन सहज होस् भनेर थप बल राखिएको थियो। एक अवसरमा त विपक्षी गोलरक्षकले गोल–किक लिन बल हातमै राखिरहेको बेला अर्को बल खेलमै फ्याँकिएको घटनासमेत उजागर भएको छ।
‘क्लबहरूले प्रत्येक लिग खेलमा मल्टी–बल प्रणाली लागू गर्नुपर्नेछ र यससम्बन्धी नियम तथा मार्गनिर्देशन पालना गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। यसले खेलमा समानता सुनिश्चित गर्छ र घरेलु क्लबले यस प्रणालीको दुरुपयोगमार्फत प्रतिस्पर्धात्मक फाइदा लिन नपाओस् भन्ने हाम्रो प्राथमिकता हो,’ प्रिमियर लिगले जनाएको छ।
जरिवाना तिर्नुका साथै एस्टन भिल्लालाई २०२५/२६ सिजनको पहिलो तीनवटा घरेलु मैदानका खेलमा मल्टी–बल प्रणाली प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण