सहकारी समस्या हल गर्न सरकार प्रयत्नरत छ : मन्त्री रायमाझी
सारांश
- बागमती प्रदेशकी मन्त्री बिनु रायमाझीले सहकारी समस्या समाधान गर्न सरकार लागिपरेको बताइन्।
- उनले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि विज्ञ टोली बनाइने जानकारी गराइन्, र बचतकर्ताको बचत फिर्ता गरिने बताइन्।
- कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले सहकारी समस्या समाधानको जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए।
हेटौँडा । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सहकारी समस्या हल गर्न सरकार प्रयत्नरत रहको बताएकी छिन् । समस्याग्रस्त सहकारीको अध्ययन गरी व्यवस्थापनको लागि सरकारले काम गरिरहेको उनले बताइन् ।
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली निर्माण गरेर अघि बढ्ने बताइन् । समस्याग्रस्त सहकारीको व्यवस्थापन गरी सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने गरी काम सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ ।
उनका अनुसार सरकारी क्षेत्रका विकृति विसङ्गति नियन्त्रणका लागि सरोकार पक्षसँग आवश्यक छलफल र सहकार्य गर्न सरकार तत्पर रहेको छ । आम बचतकर्ताको हित गर्ने गरी सरकारले सहकारीका समस्याहरूको पहिचान गरी व्यवस्थापनको लागि काम गर्ने उनले बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले सहकारीको समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए । उनले समस्याग्रस्त सहकारीको समस्या पहिचान गरेर व्यवस्थित र दीर्घकालीन रूपमा समाधानका लागि लाग्नुपर्ने बताए ।
कार्यक्रमका बिच नवनियुक्त मन्त्री रायमाझीले वीपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा माल्यापर्ण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण