स्याउ बगैँचाभित्र घाँस उत्पादन
सारांश
- मुस्ताङका किसानले स्याउ बगैंचामा राई घाँस उत्पादन गरी दोहोरो मुनाफा लिँदै आएका छन्।
- जोमसोमका किसान तेज गुरुङले हिउँदमा घाँसको अभाव टार्न राई घाँस खेती सुरु गरेका हुन्।
- आधुनिक उपकरणको प्रयोगले घाँस काट्ने समय बचत हुनुका साथै आर्थिक भार पनि कम भएको छ।
मुस्ताङ । यहाँका स्याउ बगैँचाभित्र विभिन्न किसिमका हिउँदे तथा बर्खे बाली लगाउने प्रचलन विद्यमान छ । यहाँका किसानले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा, उवा, फापर, जौ, मकै, तोरी, सिमी, बोडी, आलु, तरकारीलगायत अन्नबाली उत्पादन गरी दोहोरो मुनाफा कमाउँदै आएका छन् ।
पछिल्लो समय घरपझोङ गाउँपालिका–४ जोमसोमका किसान तेज गुरुङ (ताङ्वे)ले आफ्नो स्याउ बगैँचाभित्र अन्नबालीको विकल्पमा ‘राई घाँस’ उत्पादन गर्दै आएका हुन्। हिउँदयाममा घाँसको अभाव हुने भएकाले वैकल्पिक खेतीमा जोड दिएको उनले बताए ।
हिउँदयाममा पशु चौपायालाई खुवाउन र बढी भएको घाँस बिक्री गर्न सकिने भएकाले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा राई घाँस उत्पादन गर्दै आएको किसान ताङ्वेले बताए । गत पुस–माघमा बगैँचाभित्र छरेको घाँस उम्रिएर अहिले हरियाली भएको उनको भनाइ छ ।
घरपझोङका किसान ताङ्वे यतिबेला स्याउ बगैँचाभित्र लगाइएको घाँस स्याहार्न व्यस्त छन् । उक्त घाँस परम्परागत पद्धतिबाट नभई आधुनिक उपकरण ‘हाते रिफर’का माध्यमबाट काट्न थालेको उनले जानकारी दिए ।
परम्परागत पद्धतिबाट घाँस काट्दा जनशक्ति बढी लाग्ने भएकाले आधुनिक उपकरण प्रयोग गरिएको बताउँदै उनले यसबाट समय बचत हुने, आर्थिक भार कम पर्ने, उपयोगी र कम झन्झटिलो भएको उल्लेख गरे । “घाँस काटेर बगैँचाभित्रै बिस्कुन सुकाएको झै दुई–तीन दिनसम्म सुकाउनुपर्छ । यसरी सुकाइएको घाँसलाई बेलाबेलामा हातले वा लठ्ठीको सहायताले पल्टाउनुपर्छ । यसो गर्दा घाँस छिटो सुक्छ”, उनले भने ।
घाममा सुकाइएको घाँसलाई सिँधै भण्डार गरेर सुरक्षित राख्न सकिने ताङ्वेले जानकारी दिए । “कतिपयले सुकुटीलाई चुल्ठी पारेर थन्क्याउने गर्छन् । यसरी आलो घाँसलाई सुकुटीका रूपमा तयारी गर्दा हिउँदयाममा घाँसको अभाव हुँदा पशु चौपायालाई खुवाउन सजिलो हुन्छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण