दाताको दुई करोड सहयोगमा राधाकृष्ण मन्दिर निर्माण
सारांश
- इस्कोन गण्डकी परियोजनाले बागलुङमा राधाकृष्ण मन्दिर निर्माण गरेको छ, जसको शनिबार उद्घाटन भयो।
- मन्दिर र सभा हल निर्माण गर्न २ करोड ५० लाखभन्दा बढी खर्च भएको छ, जुन दाताको सहयोगबाट बनेको हो।
- परियोजनाले शालग्राम भगवानको दर्शन, आवास गृह, र ध्यान स्थल बनाउने योजना बनाएको छ, जसको डीपीआर बनिसकेको छ।
बागलुङ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको सहयोगमा राधाकृष्ण मन्दिर निर्माण गरेको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुदुर्केमा मन्दिर तथा सभा हल निर्माण गरिएको छ ।
मन्दिरको शनिबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रभु पत्रीदास र महाविष्णु महाराजको बाहुलीबाट उद्घाटन गरिएको हो । इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित रकमबाट रु दुई करोड ५० लाखभन्दा बढी रकम खर्चेर सुविधा सम्पन्न सभा हलसहित मन्दिर निर्माण गरिएको हो ।
इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासले दानमुठीकै भरमा सयौँ वर्ष पुरानो यहाँको लक्ष्मीनारायण मन्दिर पनि जीर्णोद्धार गरिएको छ । यहाँको लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा इस्कोन गण्डकीको कृष्णगण्डकी परियोजना सञ्चालनमा छ । परियोजनाको पहिलो चरणमा राधाकृष्ण मन्दिर र सत्सङ्ग हल निर्माण गरेर उद्घाटन गरिएको भए पनि परियोजना सम्पन्न गर्न र रु ४३ करोडको डिपिआर बनाइएको छ ।
तीन वर्षअघि निर्माण भएको डिपिआरअनुसार कृष्णगण्डकी परियोजनामा शालग्राम भगवान्को दर्शन गर्न स्नान गर्ने, अतिथि आवास गृह, सभा हल, मन्दिर, शाकाहारी भोजनालय र धर्मशाला निर्माण गरिनेछ । कालीगण्डकी र शालग्रामको महत्व बुझाउनका लागि गण्डकी स्नानकक्षसहित कालीगण्डकी किनारमै ध्यान स्थल पनि बनाइनेछ । साउन २५ देखि ३१ गतेसम्म साताव्यापी कार्यक्रम गरेर जन्माष्टमी मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण