बाढी पहिरोका कारण १० सडक पूर्ण रूपमा अवरुद्ध, १४३ स्थानमा एकतर्फी सञ्चालन
सारांश
- बाढीपहिरोका कारण देशभरका १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- नारायणगढ–मुग्लिन, रसुवागढी–स्याफ्रुबेसी, कोशी करिडोर, र अरनिको राजमार्ग लगायतका सडक प्रभावित छन्।
- सडक विभागले अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण परिचालन गरी पहिरो हटाउने प्रयास गरिरहेको छ।
काठमाडौँ । बाढी–पहिरोका कारण १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । १४३ स्थानमा भने एकतर्फी सडक चालू रहेको सडक विभागले जनाएको छ।
विभागका अनुसार आइतबार बिहानै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी–गोरखा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउने कार्य भइरहेको छ ।
रसुवाको रसुवागढी–स्याफ्रुबेसी सडक खण्डमा कुलुङस्थित मितेरी पुल बगाउँदा चीनसँगको आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। भोटेकोसीले कटान गर्दा सो सडक दुई सातादेखि अवरुद्ध छ।
सुनसरी–सङ्खुवासभा जोड्ने कोशी करिडोर पनि वरुण नदीमा बनेको डाइभर्सन बगाउँदा अवरुद्ध भएको विभागले जनाएको छ। यस्तै ताप्लेजुङको फाक्ताङ्लुङ ५ र ६ जोड्ने रानीपुलको बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर रोकिन पुगेको छ।
सिन्धुपाल्चोकको कोदारीमा गएको पहिरोले अरनिको राजमार्ग बन्द भएको छ भने पश्चिम रुकुमको चोखाखोला, रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा गएको लेदोमाटोसहितको पहिरोका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
त्यस्तै रोल्पाको पुतलाचौर–ग्राम्जिम क्षेत्रमा गएको पहिरोले सहिद राजमार्ग, बागलुङको काली खोलामा आएको पहिरोले रिडी–तानसेन–कोरला सडक र दैलेखको बग्डुल्लामा गएको पहिरोले खुलालु–जुम्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको विभागले जनाएको छ।
अवरुद्ध सडक खोल्ने कार्य भइरहेको र आवश्यक उपकरण परिचालन गरी पहिरो हटाउने प्रयास जारी रहेको विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण