शारीरिक सुगठन टोली थाइल्यान्ड जाने
आइतबार, ०१ भदौ २०८२, १४ : ०५
सारांश
- एसियाली शारीरिक सुगठन प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ७ जनाको नेपाली टोली थाइल्याण्ड प्रस्थान गर्दैछ।
- प्रतियोगितामा पुरुष ८५ केजी तौल समूहमा ग्रेस महर्जन र महिला एथलेटिक फिजिक्समा उर्मिला श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।
- टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बिदाई गरे।
काठमाडौँ । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
भदौ २ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
अफिसियलमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा प्रतापकाजी बरिया तथा सहयोगीमा प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण