‘काव्य सिजन’मा गुन्जियो गजल
सारांश
- मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतमा गजल गायन कार्यक्रम आयोजना गर्यो, जसमा स्रष्टाहरूलाई सम्मान गरिएको थियो।
- कार्यक्रममा ६ जना गजलकार र गायकलाई सम्मान गरिएको थियो, जसमा धिरेन अनुपम लगायतका स्रष्टाहरू थिए।
- कार्यक्रममा गायक सन्तोष श्रेष्ठले गजल प्रस्तुत गरे, र यसले कर्णाली प्रदेशको साहित्यमा नयाँ ऊर्जा थपेको बताइएको छ।
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक स्रष्टाहरूलाई सम्मान गर्दै गजल गायन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार बेलुका आयोजित ‘काव्य सिजन श्रृङ्खला सिजन—छ’ अन्तर्गत ६ जना गजलकार तथा गायकलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुब गौतम र विशेष अतिथि साहित्यकार डा. महेन्द्रकुमार मल्लले स्रष्टाहरूलाई सम्मान गरेका थिए ।
सम्मानित हुने स्रष्टाहरूमा गजलकार धिरेन अनुपम, महेन्द्र चन्द महासागर, ऋषि सुदामा, लिला पोखरेल, रमेश सुवेदी र निराजन विष्ट लगायत छन् । उनीहरूका रचनालाई आफ्नो स्वर र संगीतमा प्रस्तुत गर्ने गायक तथा संगीतकार सन्तोष श्रेष्ठलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा गायक श्रेष्ठले छ जना गजलकारका उत्कृष्ट गजलहरू प्रस्तुत गर्दा साहित्यिक माहौल संगीतमय बनेको थियो ।
श्रेष्ठको गायनलाई तबलामा सुवास गौतम, मुरलीमा ज्ञानबहादुर नेपाली र गितारमा रोहित सिंहले संगीत संयोजनमार्फत जीवन्त बनाएका थिए ।
मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले आयोजना गरेको यस प्रकारको साहित्यिक कार्यक्रमले कर्णाली प्रदेशको साहित्य र संगीत क्षेत्रमा नयाँ ऊर्जा थपेको र स्रष्टाको सम्मानले सिर्जनामा थप प्रोत्साहन मिलेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा उपस्थित अन्य अतिथि तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण