अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन
आइतबार, ०१ भदौ २०८२, १७ : १३
सारांश
- कर्णाली राजमार्गमा गएको पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ।
- लगातार वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड बिहानैदेखि अवरुद्ध भएको थियो।
- प्रहरीको सहयोगमा पहिरो पन्छाएर दिउँसोबाट राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको हो।
कालिकोट । पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला, प्रहरी लगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
गए रातिदेखि निरन्तर वर्षा भइरहेकाले कर्णाली राजमार्गको कालिकोट सडक खण्ड आज बिहानैदेखि अवरुद्ध बनेको थियो ।
राजमार्गअन्तर्गत कालिकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने मार्ग अवरुद्ध भएकामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार आज दिउँसोदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
कर्णाली राजमार्गको खिड्की, जिउँला, गगने, बिहानी, नाग्मालगायत सबै ठाउँको अवरोध हटाएर यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण