पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा सहमति जनाए : ट्रम्पका विशेष दूत
सारांश
- रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा सहमति जनाएका छन्।
- अमेरिका र युरोपले युक्रेनलाई 'बलियो' सुरक्षा ग्यारेन्टी दिन सक्ने सहमति भएको छ।
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको सुरक्षा ग्यारेन्टीको प्रस्तावलाई 'ऐतिहासिक' भनेका छन्।
वासिङ्टन डिसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले बताएका छन्। अमेरिकी विशेष दूत अनुसार रुसले सम्भावित शान्ति सम्झौताको एक हिस्साको रूपमा अमेरिका र युरोपले युक्रेनलाई ‘बलियो’ सुरक्षा ग्यारेन्टी गर्न दिने सहमति जनाएको हो।
स्टीभ विटकोफले सीएनएनसँगको कुराकानीमा बताएअनुसार अलास्कामा भएको शिखर सम्मेलनमा अमेरिका र युरोपले ‘प्रभावकारी रूपमा धारा ५ जस्तै सुरक्षा ग्यारेन्टी’ दिन सक्ने सहमति भएको थियो। यो नाटोको त्यो सिद्धान्तलाई जनाउँछ जसमा एक सदस्यमाथि भएको आक्रमण सबैमाथि भएको मानिन्छ। पुटिनले लामो समयदेखि युक्रेन नाटोमा सामेल हुने कुराको विरोध गर्दै आएका छन्, र विटकोफले यो व्यवस्था युक्रेनीहरूले स्वीकार गर्न सक्ने विकल्प हुन सक्ने बताए।
युक्रेनका राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले सोमबार ट्रम्प र युरोपेली नेताहरूसँगको वार्ताअघि अमेरिकाको सुरक्षा ग्यारेन्टीको प्रस्तावलाई ‘ऐतिहासिक’ भनेका छन्। उनले वासिङ्गटन डीसीको भ्रमण अघि बोल्दै कुनै पनि ग्यारेन्टी ‘वास्तवमै धेरै व्यावहारिक हुनुपर्छ, जसले जमिन, हवाइ र समुद्री सुरक्षा प्रदान गर्नुपर्छ, र युरोपको सहभागितामा विकास गरिनुपर्छ’ भनेका छन्।
यसैबिच, बेलायत, फ्रान्स र जर्मनी लगायतका राष्ट्रहरूको समूह ‘कोअलिशन अफ द विलिङ’ को आइतबारको बैठकपछि नेताहरूले सुरक्षा ग्यारेन्टी प्रदान गर्ने ट्रम्पको ‘प्रतिबद्धता’ को प्रशंसा गरेको बेलायती प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले बताए। प्रवक्ताका अनुसार नेताहरूले ‘शत्रुता समाप्त भएपछि पुन: बल तैनाथ गर्ने र युक्रेनको आकाश र समुद्र सुरक्षित गर्न तथा युक्रेनी सशस्त्र बललाई पुनर्जीवित गर्न मद्दत गर्ने’ कुरामा जोड दिएका छन्।
बेलायतका प्रधानमन्त्री कर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेन र नाटोका महासचिव मार्क रुट्टे सोमबार जेलेन्स्कीसँग वासिङ्टनमा सहभागी हुने तय भएको छ।
म्याक्रोनले समूहले सुरक्षा ग्यारेन्टीको सन्दर्भमा ट्रम्प कतिसम्म जान तयार छन् भनेर चुनौती दिने बताए। उनले भने, ‘यदि आज हामी बलियो छैनौँ भने, हामीले भोलि धेरै महँगो मूल्य चुकाउनुपर्नेछ ।’ उनले समूहको योजना ‘एकजुट मोर्चा प्रस्तुत गर्ने’ रहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण