बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कंगना रनौत भन्छिन्- लिभ-इन सम्बन्ध महिलाका लागि ठीक होइन

सोमबार, ०२ भदौ २०८२, ०७ : २०
सोमबार, ०२ भदौ २०८२

सारांश

  • अभिनेत्री कंगना रनोटले लिभ-इन सम्बन्ध र डेटिङ संस्कृतिको विषयमा आफ्नो धारणा व्यक्त गरेकी छिन्।
  • उनले लिभ-इन सम्बन्ध महिलाका लागि सुरक्षित नभएको र विवाहको महत्वबारे प्रकाश पारेकी छिन्।
  • कंगनाले डेटिङ एप र संस्कृतिलाई समाजको 'नाली' भन्दै यसप्रति घृणा व्यक्त गरिन्।

मुम्बई । अभिनेत्री तथा भाजपा सांसद कंगना रनोटले लिभ-इन रिलेसनशिप र डेटिङ संस्कृतिको विषयमा आफ्ना विचार सार्वजनिक गरेकी छिन्।

हाउटरफ्लाइसँगको कुराकानीमा कंगनाले भनिन्, ‘हाम्रो समाजमा विवाह धेरै महत्त्वपूर्ण छ। यसमा पतिले आफ्नी श्रीमतीप्रति वफादार रहने वाचा गर्छन्। आजकल लिभ-इन सम्बन्धको धेरै चर्चा हुन्छ, तर मैले देखेकी छु कि यो महिलाका लागि सही कुरा होइन। यदि महिला गर्भवती भइन् भने, त्यसको जिम्मा को लिन्छ?’

उनले थपिन्, ‘अदालतले मान्यता दिन्छ वा दिँदैन भन्ने अर्को कुरा हो। धेरैजसो कानुन महिलाको सुरक्षाका लागि बनेका हुन्छन्। तर वैज्ञानिक अध्ययनहरूले देखाउँछन् कि पुरुष र महिला फरक सोच्ने गर्छन्। पुरुषहरू सम्बन्धलाई तोड्न सक्छन्, महिलाहरू प्रायः सक्दैनन्। र विवाहपछि पुरुषहरू विशेष परिवर्तन पनि गर्दैनन्, चाहे उनीहरू पहिले लिभ-इन सम्बन्धमा बसेका किन नहोउन्।’

डेटिङ एपमा प्रोफाइल बनाउने सोच राख्छिन् कि भनेर सोध्दा कंगनाले भने, ‘मलाई कहिल्यै पनि डेटिङ एपमा जाने इच्छा भएन। यी त हाम्रो समाजको वास्तविक नाली हुन्। सबैलाई आवश्यकताहरू हुन्छन् – आर्थिक, भौतिक वा अन्य। तर प्रश्न के हो भने यो आवश्यकताहरू कसरी पूरा गर्ने – राम्रो तरिकाले वा फोहोर तरिकाले?’

उनले अझ कडा प्रतिक्रिया दिँदै भनिन्. ‘आजकल डेटिङ गर्नु भनेको हरेक रात कसैलाई खोज्दै बाहिर निस्कनु हो। यो निकै नराम्रो अवस्था हो। डेटिङ संस्कृतिलाई म घृणित कार्य मान्छु र यस्ता मानिसहरूसँग सङ्गत गर्नेबारे कहिल्यै सोच्दिनँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप