शिक्षासहित आज तीन संसदीय समितिको बैठक बस्दै
सोमबार, ०२ भदौ २०८२, ०७ : ३०
सारांश
- संघीय संसद अन्तर्गत सोमबार विभिन्न ३ वटा समितिको बैठक बस्ने भएका छन्।
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पेस हुनेछ।
- अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकमाथि छलफल हुनेछ।
काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार तीनवटा समितिको बैठक बस्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका समितिहरू आज बैठकमा जुट्दै छन्।
दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ।
यसैगरी बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ।
सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण