गण्डकी प्रदेश : घरेलु मदिरा उत्पादन र नियमन गर्ने विधेयक प्रदेश सभामा संशोधनसहित फिर्ता
पोखरा । गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन र नियमन गर्ने विधेयक संसदीय समितिबाट प्रदेश सभामा संशोधनसहित फिर्ता भएको छ ।
संसद्को अर्थ तथा विकास समितिमा दफावार छलफल गरेपछि उक्त विधेयक संशोधन सहित सभामा पेस गरिएको हो । समितिका सभापति भोजराज अर्यालले सोमबारको बैठकमा विधेयक पेस गरेका हुन् ।
उक्त विधेयक मंगलबार बस्ने संसद् बैठकबाट पारित गर्ने तयारी छ । समिति सभापति अर्यालले सरोकारवाला पक्षसँग गहन छलफल पछि सभामा विधेयकको प्रतिवेदन पेस गरिएको बताए ।
छलफलका क्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति, विषय विज्ञ र सरोकारवालाहरूसँग समेत रायसुझाव लिइएको उनले बताए ।समितिको छलफलपछि विधेयकमा घरेलु मदिरा उत्पादनमा प्रयोग हुने ‘मर्चा’ लाई स्पष्ट रूपमा परिभाषित गरिएको छ ।
उत्पादन तथा नियमनसम्बन्धी केही बुँदाहरू थप गरिएको छ । विधेयकमाथि सांसदहरू कुसुम बुढा पुन र गणेशमान गुरुङले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
यस्तै सामाजिक विकास तथा कृषि समितिले ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको प्रतिवेदन पनि प्रस्तुत गरेको छ । सरोकारवालाको सुझाव सहितको प्रतिवेदन समिति सभापति दमयन्ती रुचालले सभामा पेस गरेकी हुन् ।
उक्त विधेयकमा सांसद सुनिता थापाले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । थापाको संशोधन प्रस्तावलाई समेत समेटेर समितिले सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेको रुचालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण