पुटिन-जेलेन्स्की भेटका लागि तयारी सुरु: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ताको तयारी थालेका छन्।
- ट्रम्पले पुटिन र जेलेन्स्कीसँगको बैठकका लागि प्रारम्भिक तयारी सुरु गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
- उक्त बैठकमा सुरक्षा प्रत्याभूतिको विषयमा छलफल हुने बताइएको छ।
काठाडौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ताका लागि तयारी सुरु भएको घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “आजको बैठक सम्पन्न भएपछि मैले राष्ट्रपति पुटिनलाई फोन गरें र पुटिन तथा जेलेन्स्कीबीच बैठक गर्ने प्रारम्भिक तयारी सुरु गरें। बैठकको स्थान भने अझै निर्धारण भएको छैन।”
उनिहरुबिच करिब ४० मिनेट फोन संवाद भएको बताइएको छ । उनका अनुसार, सो बैठकपछि दुवै राष्ट्रपति तथा आफू सहभागी हुने त्रिपक्षीय वार्ता हुने योजना छ।
उनले यो युद्ध करिब चार वर्षदेखि जारी रहेको बताउँदै, “आजको कदम प्रारम्भिक भए पनि निकै महत्त्वपूर्ण छ,” आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्। ट्रम्पका अनुसार उपराष्ट्रपति जे.डी. भ्यान्स, विदेश सचिव मार्को रुबियो र विशेष दूत स्टिभ विट्कफ हाल रुस र युक्रेनसँग प्रत्यक्ष समन्वय गरिरहेका छन्।
ट्रम्पले साेमबार भएको छलफलमा युक्रेनका लागि सुरक्षा प्रत्याभूतिको विषय पनि उठेको उल्लेख गरेका छन्। यसअघिनै उनले बैठक पछि पुटिनसँग फोन संवाद गर्नै बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण