अपडेट
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, ०३ भदौ २०८२, १० : ३९
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ।
- छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि घटेर २ हजार ३०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो ।
जसअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण