गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमास सहमत
सारांश
- हमासले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि मध्यस्थकर्ताको प्रस्तावमा सहमति जनाएको छ।
- प्रस्ताव अनुसार, सुरुमा ६० दिनको युद्धविराम हुनेछ र त्यसपछि हमासले बन्धकहरूलाई रिहा गर्नेछ।
- इजरायली प्रधानमन्त्री नेतन्याहुले सबै बन्धक एकैपटक रिहा नभए सम्झौता नगर्ने बताएका छन्।
गाजा । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूले पेस गरेको नयाँ प्रस्तावमा सहमति जनाएको छ । प्यालेस्टिनी समूहको एक स्रोतले यो कुरा पुष्टि गरेको भन्दै बीबीसीले एउटा समाचार छापेको छ । इजिप्ट र कतारको यो प्रस्ताव जुनमा अमेरिकी राजदूत स्टीभ विटकफले दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ ।
यस योजना अनुसार, पहिले ६० दिनको युद्धविराम लागू गरिनेछ । यसपछि, हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्नेछ । यी मध्ये २० जना जीवित रहेको अपेक्षा गरिएको छ । यसपछि, स्थायी युद्धविरामका लागि वार्ता अगाडि बढ्नेछ । तर यसमा अहिलेसम्म इजरायलको प्रतिक्रिया अझै आएको छैन ।
सबै बन्धकहरूलाई एकैचोटि रिहा गरियो भने मात्र देशले कुनै पनि सम्झौता स्वीकार गर्ने गत हप्ता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भनेका थिए । हमासले नयाँ प्रस्तावमा सहमति जनाएको खबरका बिचमा जारी गरिएको एउटा भिडियोमा नेतान्याहूले प्रत्यक्ष टिप्पणी गरेका छैनन् । यसले हमास धेरै दबाबमा छ भन्ने कुरा देखाउने उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण