नेपालगन्ज नाइट रनमा रिले दौड समावेश
सारांश
- यस वर्ष नेपालगन्ज १० नाइट रनमा रिले दौड विधा थपिने भएको छ।
- एम्सबाट मान्यता प्राप्त दोस्रो संस्करणको नाइट रन संविधान दिवसको दिन सुरु हुनेछ।
- दौडमा १० किलोमिटर, ५ किलोमिटर, र मिक्स रिले जस्ता विभिन्न विधा समावेश छन्।
काठमाडौँ । नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड विधा समेत समावेश गरिएको छ ।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यता प्राप्त गरेपछि हुन लागेको नाइट रन दोस्रो संस्करण हो । एम्स प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुनेछ ।
असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० वर्षमाथि उमेर समूह), ५ किलोमिटर भेट्रान्स महिला (४५ वर्ष माथि उमेर समूह) र १० किलोमिटर मिक्स रिले (चार जनाको समूह दौड) गरी अलग अलग स्पर्धा राखिएको छ ।
मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । ‘दश किलोमिटरलाई समान चार दुरीमा बाँडेका हुन्छौँ, त्यहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दुरी पुरा गर्नुपर्ने हुन्छ ।’ रेस डाइरेक्टर गुरुङले भने ।
पहिलोपटक समावेश गरिएको रिले दौडले आम मान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दूत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । ‘नेपालको पुरानो सहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत छौँ ।’ संस्थापक ठकुरीले भने ।
नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पुरा गरेको धारा नेपालगन्ज म्याराथन अन्तर्गतकै एक इभेन्ट हो । यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण