टप एण्ड टी–ट्वान्टी सिरिज
नेपालले होबर्ट हरिकेन्सलाई दियो १८१ रनको लक्ष्य
मङ्गलबार, ०३ भदौ २०८२, १२ : ५७
सारांश
- नेपाली क्रिकेट टोलीले टप एण्ड टी-ट्वान्टी सिरिजमा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य दियो।
- नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १८० रन बनायो, जसमा आरिफ शेखले सर्वाधिक ३३ रन बनाए।
- होबर्ट हरिकेन्सका लागि निवेथान राधाकृष्णन र राफ म्याक मिलानले दुई-दुई विकेट लिए।
काठमाडौँ । टप एण्ड टी–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य दिएको छ । डार्विन पार्मस्र्टनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए । त्यस्तै ओपनर आसिफ शेखले २९ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेलले २९ रन बनाएका थिए ।
नेपालका लागि भीम सार्कीले १८ रन बनाउँदा लोकेश बमले २५ रनको योगदान गरे ।
हरिकेन्सका लागि बलिङतर्फ निवेथान राधाकृष्णन र राफ म्याक मिलानले दुई–दुई विकेट लिए । त्यस्तै मार्कुस बेन, गवे बेल र ब्राड्ले होपले एक–एक विकेट लिए ।
नेपालले अगस्ट २० मा मेलबर्न रेनेगेड्ससँग खेल्नेछ । त्यस्तै २२ तारिखमा काकिस्तान शाहिन्साको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण