अहिले आवश्यकता परेर उपसभामुखलाई हटाउनुपर्ने भयोः कांग्रेस सांसद थापा
सारांश
- सांसद दुर्लभ थापाले राजनीतिक आवश्यकताका कारण उपसभामुख इन्दिरा रानाविरुद्ध प्रस्ताव ल्याएको बताए।
- उनले उपसभामुखलाई हटाउनु अहिलेको आवश्यकता भएको टिप्पणी गर्दै, रोगको उपचार समयमै हुनुपर्ने तर्क गरे।
- कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी थालेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले राजनीतिक आवश्यकताका कारण उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुकुलको आचारण नगरेको सम्बन्धी प्रस्ताव ल्याउनुपरेको बताएका छन्। उनले कुनै पनि विषयको उपचार सही समयमा गर्नुपर्ने तर्क गर्दै अहिले उपसभामुखलाई हटाउनु आवश्यकता बनेको टिप्पणी गरे।
शुक्रबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सांसद थापाले भने, 'कुनै पनि कुराको आवश्यकता जुन बेला पर्छ, त्यही बेला हुन्छ। अहिले आवश्यकता पर्यो, त्यसैले यो कदम चालिएको हो।'
पत्रकारहरूले उपसभामुखले दल त्याग गरेको प्रमाण एक वर्षअघि नै सार्वजनिक भए पनि अहिले किन यो विषय उठाइयो भन्ने प्रश्नमा थापाले बिरामी र रोगको उदाहरण दिँदै जवाफ दिए। उनले भने, 'मान्छेलाई खुट्टा दुख्ने, टाउको दुख्ने भइरहेको हुन्छ, तर जब क्यान्सर भएको पत्ता लाग्छ, त्यसपछि क्यान्सरको उपचार सुरु हुन्छ। यो पनि त्यस्तै हो।' उनले प्रक्रिया निरन्तर चलिरहने र सही समयमा उपचार खोजिएको बताए।
उनले आफूहरू अहिले ‘बिरामीको पुर्जी काट्ने’ प्रक्रियामा रहेको र त्यसपछिको उपचार कसरी गर्ने भन्ने कुरा प्रक्रियाअनुसार नै अघि बढ्ने बताए। कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण