रुसले रोकेन युक्रेनमाथि आक्रमण
सारांश
- रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ, जसमा पोल्टाभा सहरमा आक्रमण भएको छ।
- आक्रमणका कारण घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ र विद्युत् कार्यालयमा क्षति पुगेको छ।
- युक्रेनी ड्रोन आक्रमणमा भोल्गोग्राडको एक रिफाइनरी र अस्पतालमा आगलागी भएको छ।
मस्को । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र कयौं युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरिरहेका बेला रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ ।
रुसले पोल्टाभा सहरमा आक्रमण गरेको रिपोर्ट पाएको सो क्षेत्रका गभर्नरले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । आक्रमणका कारण घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ । आक्रमणमा विद्युत् कार्यालयहरूमा पनि क्षति पुर्याएको बताइएको छ ।
आक्रमणमा कुनै हताहतको रिपोर्ट भने नआएको समाचारमा उल्लेख छ । तर लुब्नी जिल्लामा लगभग १ हजार ५०० घर र ११९ व्यावसायिक केन्द्रहरूमा बिजुली आपूर्ति बन्द भएको गभर्नरले बताए । युक्रेनी ड्रोन आक्रमणमा भोल्गोग्राडको एक रिफाइनरी र अस्पतालको छानामा आगलागी भएको रुसको दक्षिणपश्चिमी प्रशासनले बताएको छ ।
रुसी सेनाले यो ड्रोन नष्ट गरेको पनि बताइएको छ । भोल्गोग्राड जाने र त्यहाँबाट उड्ने उडानहरू राति लगभग तीन घण्टा रोकिएको रुसको नागरिक उड्डयन प्राधिकरणले टेलिग्राममा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण