एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा हुने
काठमाडौँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल) को दोस्रो संस्करण भदौ २० देखि २८ गते (सेप्टेम्बर ५–१३) सम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भएको छ ।
पोखराको कर्भड हलमा हुने यो आयोजनालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वीकृति दिएको हो ।
यस पटकको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजक ईडब्ल्यूभीएलले जानकारी दिएको छ । प्रतियोगिताले स्थानीय आर्थिक गतिविधि बढाउन, खेलाडीलाई अवसर दिन र समुदायलाई भलिबलसँग जोड्न सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा ५४ स्वदेशी र १८ विदेशी खेलाडीको सहभागिता रहनेछ । स्वदेशी खेलाडीका लागि यसअघि नै अक्सन सम्पन्न भइसकेको छ । सहभागी टोलीले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण