गौर हत्याकाण्ड प्रकरण : सरकारले प्रतिशोध साँधेको भन्दै जसपा नेपालकाे विद्यार्थी सङ्गठनले प्रदर्शन गर्ने
काठमाडौँ । । जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ सङ्गठन समाजवादी विद्यार्थी युनियनले गौर हत्याकाण्ड प्रकरणमा सरकारले सर्वोच्च अदालतको आडमा राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँधेको आरोप लगाउँदै माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको छ ।
मंगलबार दिउँसो ४ बजे हुने शान्तिपूर्ण विरोध प्रदर्शन तथा कोणसभामा विद्यार्थी, युवा, महिला, मुस्लिम, थारु, आदिवासी जनजाति लगायतका समुदायको सहभागिता रहनेछ ।
कार्यक्रममा जसपा नेपालको शीर्ष नेतृत्वले सम्बोधन गर्ने तयारी रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले बताए ।
जसपा नेपालले उक्त हत्याकाण्डलाई राजनीतिक मुद्दा बनाएर आफ्ना नेताहरूमाथि लक्षित गरेको आरोप लगाएको छ । यसअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा समेत सरकारले पूर्वाग्रह देखाएको र त्यसकै आडमा पार्टी नेतृत्वलाई कमजोर पार्ने प्रयास भएको जसपाको भनाइ छ ।
गौर हत्याकाण्ड २०६३ साल चैत्र ७ गते मधेस आन्दोलनको समयमा घटेको थियो । उक्त दिन तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रबिच भएको झडपमा २७ जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण