नेपाल पर्यटन बोर्ड र टिकटकबिच साझेदारी, ‘लाइफटाइम एक्सपिरियन्स’ अभियानमार्फत नेपाल प्रवर्द्धन
सारांश
- नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धनका लागि साझेदारी भएको छ।
- यो साझेदारीले विश्वभरका दर्शकलाई नेपालका गन्तव्य र संस्कृतिबारे जानकारी गराउनेछ।
- यस सम्झौताले स्थानीय समुदाय र सिर्जनाकर्ताहरूलाई पनि सशक्त बनाउनेछ।
काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धनका लागि संयुक्त साझेदारीको घोषणा गरिएको छ। नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्याउने उद्देश्यले सम्झौता भएको हो।
यस पहलको केन्द्रमा ‘#LifetimeExperience’ नामक अभियान रहनेछ, जसलाई क्रिएटरहरूले नेतृत्व गर्नेछन्। यसअन्तर्गत इन-एप विशेष सुविधामार्फत यात्रुहरूलाई नेपालका घुम्नैपर्ने गन्तव्य तथा कम प्रचारित आकर्षक स्थानहरूबारे जानकारी दिलाइनेछ।
बोर्ड र टिकटकले स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरूसँग सहकार्य गर्नेछन्। उनीहरूलाई नेपाल भ्रमणमा निम्त्याई छोटा आकर्षक भिडियोमार्फत नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गरिनेछ। पर्यटन बोर्डले आगन्तुक क्रिएटरहरूको नेपाल बसाइ सहज होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको व्यवस्था गर्ने बताइएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो साझेदारीलाई नेपाल प्रवर्द्धनमा नयाँ अध्यायको सुरुवात भनेका छन्। “टिकटकको विश्वव्यापी पहुँचलाई हाम्रो अविष्मरणीय अनुभवहरूसँग जोडेर अझ धेरै पर्यटकलाई नेपालतर्फ आकर्षित गर्ने विश्वास गरेका छौं,” उनले भने।
टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गर्न बोर्डसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताइन्।
सम्झौता कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले यो साझेदारी अन्तर्राष्ट्रिय प्रवर्द्धनमा मात्र सीमित नभई स्थानीय समुदाय र सिर्जनाकर्ताहरूलाई समेत सशक्त बनाउन योगदान गर्ने बताए।
मन्त्री पाण्डेले पर्यटन नेपालको सामाजिक–आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै यस साझेदारीले रोजगारी सिर्जना, साना र मझौला व्यवसायलाई समर्थन, ग्रामीण समुदाय सशक्तीकरण तथा सांस्कृतिक परम्पराको संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण