कसरत गर्दा हृदयाघात हुन सक्छ: यी लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्
सारांश
- पछिल्लो समय व्यायाम वा खेलकुद गतिविधि गर्दा हृदयाघातका घटना बढेका छन्।
- व्यायाम गर्दा रिङ्गटा लाग्नु, सास फेर्न गाह्रो हुनु, असामान्य थकान, अत्यधिक पसिना आउनु, र हात, घाँटी वा बङ्गारामा दुखाइ हुनु हृदयाघातका लक्षण हुन्।
- यी लक्षणहरू देखिएमा तुरुन्तै डाक्टरको परामर्श लिनुपर्छ, किनकि यसले गम्भीर खतराबाट बचाउन सक्छ।
काठमाडौँ । पछिल्लो समय कसरत गरिरहेको समय वा कुनै पनि खेलकुद गतिविधि गरिरहँदा हृदयाघात भएका धेरै घटनाहरू देख्न र सुन्नमा आएका छन् । कयौँ सेलिब्रेटीहरूको कसरत गरिरहेको समयमा हृदयाघातका कारण मृत्यु भएको छ ।
धेरैको मनमा व्यायामले कसरी निम्त्याउन सक्छ भन्ने प्रश्न आइरहेको छ । मुटुसँग सम्बन्धित कुनै समस्या छ वा धेरै शारीरिक गतिविधिका कारण व्यायाम गर्दा हृदयाघात हुन सक्छ । व्यायाम गरिरहेको समयमा हृदयाघातका केही लक्षणहरू देखिन्छन् । शरीरले व्यायाम गरिरहेको समयमा केही असामान्य सङ्केतहरू दिन्छ भने यसलाई बेवास्ता गर्नु हुँदैन । आजको यस लेखमा हामी व्यायाम गर्दा देखिने हृदयाघातका ५ लक्षणहरूको बारेमा बताउन गइरहेका छन् । यी सङ्केतहरूलाई पहिचान गरेर तपाईं गम्भीर खतराबाट बच्न सक्नुहुन्छ ।
रिङ्गटा लाग्नु वा टाउको घुम्नु
व्यायाम गरिरहेको सयमा अचानक रिङ्गटा लाग्ने वा टाउको घुम्ने महसुस हुन्छ भने, यो हृदयाघातको संकेत हुन सक्छ । जब मुटुले सही मात्रामा अक्सिजन पाउँदैन, तब मस्तिष्कमा रक्त प्रवाह कम हुन्छ, जसले गर्दा रिङ्गटा लाग्छ । यदि यो समस्या बारम्बार हुन थालेको छ भने, तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् ।
सास फेर्न गाह्रो हुनु
व्यायाम गर्दा सास फेर्न गाह्रो हुनु सामान्य हो । तर यदि सास फेर्न धेरै नै गाह्रो भयो वा कुनै कारण बिना नै सास फेर्न गाह्रो भइरह्यो भने, यो मुटुमा समस्याको संकेत हुन सक्छ । मुटुको धड्कन अनियमित भएपछि फोक्सोले सही मात्रामा अक्सिजन प्राप्त गर्न सक्दैन, जसले गर्दा सास फेर्न गाह्रो हुन्छ ।
असामान्य थकान वा कमजोरी
व्यायाम गरिरहेको सयमा अचानक धेरै थकान महसुस गर्नुहुन्छ वा कुनै कारण बिना शरीरमा कमजोरी भइरहेको छ भने, यसलाई हल्का रूपमा नलिनुहोस् । हृदयाघात हुनु अघि, धेरै मानिसहरू कुनै परिश्रम बिना बढी थकान महसुस गर्न थाल्छन् । यो भनेको शरीरको आवश्यकता अनुसार मुटुले रगत पम्प गर्न नसकेको संकेत हुन सक्छ ।
अत्यधिक पसिना आउने
व्यायाम गर्दा पसिना आउनु सामान्य हो । तर कुनै कारण बिना अचानक चिसो पसिना आउँछ वा शरीर पसिनाले निथ्रुक्क भिजिरहेको छ भने, यो हृदयाघातको लक्षण हुन सक्छ । मुटुले रगत पम्प गर्न बढी परिश्रम गर्नुपर्दा वा शरीर तनावमा आउँदा यस्तो हुन्छ ।
हात, घाँटी वा बङ्गारामा दुखाइ
हृदयाघातको एउटा महत्त्वपूर्ण लक्षण छाती दुखाइ हो । तर कहिलेकाहीँ यो दुखाइ हातमा, विशेष गरी बायाँ हात, घाँटी वा बङ्गारामा फैलिन्छ । यदि तपाईंले व्यायाम गर्दा यी भागहरूमा दुखाइ वा भारीपन महसुस गर्नुभयो भने, तुरुन्तै गतिविधि बन्द गर्नुहोस् र डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण