कांग्रेससँगको सम्बन्धबारे एमाले नेता गौतमले भने– सत्तामा सहकार्य, मैदानमा प्रतिस्पर्धा
सारांश
- राजेन्द्र गौतमले कांग्रेससँग सत्तामा सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध रहेको बताए।
- गौतमले कार्यकर्तालाई कांग्रेससँगको सहकार्य सबै ठाउँमा नबुझ्न आग्रह गरे।
- उनले पार्टीलाई मजबुत बनाउन जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले नेपाली कांग्रेससँग सत्तामा सहकार्य र मैदानमा प्रतिस्पर्धाको सम्बन्ध रहेको बताएका छन् ।
एमाले सङ्खुवासभाको जिल्ला कमिटीको बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता गौतमले कांग्रेससँगको सहकार्य सबै ठाउँमा हो भनेर नबुझ्न कार्यकर्ताहरूलाई आग्रह गरे । ‘सत्तामा सहकार्य,सहमति,एकता’ गौतमले भने ‘मैदानमा चाहिँ प्रतिस्पर्धा छ ।’ गौतमले एमाले र कांग्रेसमा सबै खालको प्रतिस्पर्धा भएको बताए ।
राजनीतिमा मात्र नभएर सामाजिक सङ्घ संस्थादेखि विद्यालय व्यवस्थापन समितिमा प्रमुख प्रतिस्पर्धा कांग्रेससँग नै भइरहेको उनले बताए । पार्टीले समाजवादलाई मूल गन्तव्य बनाएकोले त्यसमा पुग्नका लागि स्पष्ट दिशा निर्देश भएको,जनआधार बलियो भएको र निर्णायक पार्टी बनाउनुपर्ने जिम्मेवारी एमाले कार्यकर्ताहरूलाई रहेको गौतमले बताए ।
गौतमले एमालेका कार्यकर्ताहरू समाजका विभिन्न क्षेत्रमा स्थापित भएपनि जनतासँगको सम्बन्ध पातलिँदै गएको हो कि भन्ने भान परेको बताए । उनले पार्टीलाई मजबुत बनाउनका लागि सबै नेता कार्यकर्ताले जनतासँगको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण