एनएमबि बैङ्कको नयाँ अटो लोन योजना: ७.१३ प्रतिशत ब्याजदरमा सवारी साधन किन्न सकिने
बुधबार, ०४ भदौ २०८२, ०० : ४१
सारांश
- एनएमबि बैंकले नाडा अटो शो २०८२ मा विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।
- यस योजनाअन्तर्गत ग्राहकले ७.१३ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा लिन सक्नेछन्।
- बैंकले चाडपर्व लक्षित गरी सीमित अवधिका लागि यो योजना ल्याएको हो।
काठमाडौँ । एनएमबि बैङ्कले नाडा अटो शो २०८२ मा सहभागिता जनाउँदै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले ७.१३ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा लिन सक्नेछन्।
बैङ्कले यो योजना चाडपर्व लक्षित गरी सीमित अवधिका लागि ल्याएको हो। आवेदन प्रक्रिया पनि सहज र लचिलो बनाइएको बैङ्कले जनाएको छ।
इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहनेका लागि यो अफर विशेष अवसर हुने बताइएको छ। यसमार्फत बैङ्कले वातावरणमैत्री सवारी प्रयोगलाई प्रोत्साहन गर्दै दिगो र हरित भविष्य निर्माणमा योगदान दिने लक्ष्य लिएको छ।
ग्राहकले यस अफरबारे थप जानकारी एनएमबि बैङ्कको नजिकको शाखा वा नाडा अटो शोमा रहेको स्टल नं ई– २४ बाट लिन सक्नेछन्।
एनएमबि बैङ्कले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण