बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
सारांश
- हुम्लाको सर्केगाड गाउँपालिकामा तुम्च बडखोलामा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
- पुल नहुँदा देवल आधारभूत विद्यालयका विद्यार्थीहरू प्रभावित भएका छन्।
- जग्गा वर्गीकरण नहुँदा हुम्लाका सातवटै गाउँपालिकामा कित्ताकाट रोकिएको छ, जसले गर्दा स्थानीय मर्कामा परेका छन्।
हुम्ला । सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् ।
सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाले पुल निर्माणका निम्ति सम्बन्धित निकायमा बारम्बार अनुरोध गरे पनि त्यसको सनुवाइ नभएको गुनासो गरेका छन् ।
यसैबीच, जग्गा वर्गीकरण नहुँदा यहाँका सातवटै गाउँपालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि कित्ताकाट नहुँदा आफूहरूलाई मर्का परेको गाउँलेले बताएका छन् ।
“कित्ताकाटलाई व्यावहारिक रूपमा व्यवस्थित गर्न सबै पालिकालाई स्रोतसाधन सम्पन्न बनाई नापी विभागबाट हस्तान्तरण भएको भूउपयोग नक्साका आधारमा जग्गाको वर्गीकरण गर्न समन्वय गरिएको छ,” भूउपयोग ऐन, २०७६ मा सरकारमा भनिएको छ तर त्यो यहाँ कार्यान्वयन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण