नमाजको समयमा नाइजेरियामा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु
सारांश
- नाइजेरियाको कात्सिनामा अज्ञात बन्दुकधारीले मस्जिदमा आक्रमण गर्दा २७ जनाको मृत्यु भएको छ।
- मंगलबार बिहानको नमाजको समयमा भएको आक्रमणमा कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।
- स्थानीय तनाव र झडपका कारण सेना र प्रहरी परिचालन गरिएको छ।
अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य कात्सिनाको उन्गुवान मान्टाउ सहरमा अज्ञात बन्दुकधारीहरूले एक मस्जिदमा आक्रमण गरेर कम्तीमा २७ जनाको हत्या गरेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू मस्जिदमा भएको समयमा मंगलबार बिहानको नमाजको समयमा यो आक्रमण भएको थियो ।
स्थानीय प्रशासनका अनुसार, अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । तर यस क्षेत्रमा किसान र गोठालाहरू बिच जमिन र पानीलाई लिएर लामो समयदेखि तनाव चलिरहेको थियो ।
सञ्चार माध्यमहरूमा छापिएका समाचारलाई पत्याउने हो भने, यो विवादका कारण प्रायः हिंसात्मक झडप र हत्याहरू हुने गरेका छन् । यस आक्रमण पछि बढ्दो तनावलाई ध्यानमा राख्दै, अरु आक्रमण हुन नदिन सो क्षेत्रमा सेना र प्रहरीलाई क्षेत्रमा तैनाथ गरिएको राज्य आयुक्त नासिर मुआजुले बताए ।
वर्षाको समयमा, बन्दुकधारीहरू प्रायः खेतमा बालीनालीहरू बीचमा लुकेर गाउँहरूमा आक्रमण गर्ने गर्छन् । यो आक्रमण गाउँलेहरूले हालै केही आक्रमणकारीहरूको हत्या गरेको प्रतिक्रियामा गरिएको हुन सक्ने अधिकारीहरूको ठम्याई छ । गत सप्ताहन्तमा, स्थानीय मानिसहरूले एम्बुस हानेर धेरै बन्दुकधारीहरूलाई मारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण