वीरगन्ज महानगरका पूर्वमेयर सुवेदी राप्रपामा प्रवेश
सारांश
- वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन्।
- राप्रपाका नेता दीपकबहादुर सिंहले सुवेदीलाई पार्टी सदस्यता प्रदान गरे।
- सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्ने बताए।
वीरगन्ज। वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका कार्यसम्पादन समिति सदस्य, सांसद दीपकबहादुर सिंहले वीरगन्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।
लामो समय तत्कालीन राप्रपा नेपालमा सक्रिय सुवेदी पछिल्लो समय पार्टीगत रूपमा निष्क्रिय रहँदै आएका थिए । केन्द्रीय पर्यवेक्षकका रूपमा पर्सामा खटिएका नेता सिंहले वीरगन्जमा आयोजित जिल्लाको विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेशपछि सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना र देशको विद्यमान अवस्थामा परिवर्तन गर्न राप्रपालाई बलियो बनाउनुपर्ने बताए । उनले राप्रपालाई बलियो बनाउन समान विचार भएकाहरु सङ्गठित हुनुपर्ने आवश्यकता बोध गर्दै आफू राप्रपामा समाहित भएको समेत बताए ।
‘छिन्नभिन्न भएका देशभक्त राष्ट्रवादीहरू अलग अलग भएर हुँदैन, राप्रपालाई सबल, सक्षम र अग्रणी शक्तिको रूपमा स्थापित गर्नुपर्छ’ सुवेदीले भने ।
विस्तारित बैठकले पर्साका सबै स्थानीय तहमा पार्टीको संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा कमिटी बनाउने, निष्क्रिय रहेका कमिटीलाई सक्रिय तुल्याउने र समयमै स्थानीय तह, प्रदेशसभा समिति, क्षेत्रीय समिति र जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण