शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने

शुक्रबार, ०५ असार २०८३, २२ : ४९
शुक्रबार, ०५ असार २०८३

सारांश

  • अमेरिका-इरान द्वन्द्व समाधानका लागि मध्यस्थ राष्ट्रहरु इजिप्टमा भेला हुनेछन्।
  • पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरु छलफलमा सहभागी हुनेछन्।
  • पछिल्लो पटक अप्रिलमा टर्कीमा भेट भएका मन्त्रीहरु क्षेत्रीय मुद्दामा छलफल गर्नेछन्।

काठमाडौँ । अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आइतबार इजिप्टमा छलफलका लागि भेला हुने कायरोले जानकारी गराएको छ । इस्लामावादले पनि यस समाचारलाई पुष्टि गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार भनेको छ, “मध्यस्थ चार मुलुकहरू पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू ‘क्षेत्रीय विकास र शान्ति, सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दा’ हरूमा छलफल गर्न भेला हुनेछन् ।”

इजिप्टको विदेश मन्त्रालयले बिहीबार राति बैठकपछि विस्तारित वार्ता र संयुक्त पत्रकार सम्मेलन हुने जनाएको छ ।

मन्त्रालयले सुरुमा यो बैठक इजिप्टको एल अलामेनको रिसोर्टमा हुने बताएको थियो ।

चार विदेश मन्त्रीहरूले पछिल्लो पटक अप्रिलमा टर्कीएको रिसोर्ट शहर अन्टाल्यामा एक कूटनीतिक फोरमको क्रममा भेट गरेका थिए ।

कायरो र अमेरिकाबीच शुक्रबार स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता स्थगित भएको स्वीट्जरल्याण्डको विदेश मन्त्रालयले जनाएको छ ।

ह्वाइट हाउसले वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्वीट्जरल्याण्ड भ्रमण गर्ने कार्य तालिका रद्द भएको पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका इरानी समकक्षी मसुद पेजेस्कियनले गत फेब्रुअरी २८ देखि इरानमाथि अमेरिका–इजरायल हमलापछि सुरु भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरेपछि उपराष्ट्रपति भान्सको भ्रमण रद्द गरिएको हो ।

यसले हर्मुजको जलडमरूमध्य पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा ६० दिने वार्ता अवधि सुरु गर्ने कार्यका लागि बाटो खोलिदिएको छ।

यो सम्झौतामा लेबनानमा लडाई रोक्ने समझदारीसमेत भएको छ तर त्यसपछि पनि इजरायली सेना र इरान समर्थित हेजबुल्लाहका लडाकुहरूबिच केही झडपहरू भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप